Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि

सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि


  • 2.1K
    Shares

    • images
    सेयर बजारमा ८० अंकको वृद्धि, कारोबार रकम २० अर्ब माथि

    काठमाडौं ।  साताको तेस्रो कारोबारको दिन मंगलवार शेयर बजार भारी अंकले बढेर बन्द भएको छ ।

    आज शेयर बजार नेप्से परिसूचक ८०.९७  अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज २३६ कम्पनीको शेयर भाउ बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।

    ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन इन्स्योरेन्सको ५६ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबै समुहको सेयर बढेकोमा उत्पादन तथा प्रशोधन, जीवन बीमा र माइक्रोफाइनान्स समुहको सेयर सर्वाधिक ४.५६, ४.४२ र ४.१० प्रतिशतले बढेको छे ।

    यस्तै, होटल तथा पर्यटन ३.४९, लगानी समुह ३.३९ र अन्य समुह ३.३३ प्रतिशतले बढेको छे ।

    6 share.JPG

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - १४:३४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij