२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ ।
आज शेयर बजार नेप्से परिसूचक ०.३२ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ भने १०५ कम्पनकिो शेयर मूल्य बढेको छ भने १४४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । यो ११ महिना यता कै उच्च कारोबार हो । यस अघि गत अगस्ट १८ मा सवा २८ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बैंकिङ्ग समूह २२.४६ अंक, विकास बैंक १२.१७ अंक, फाइनान्स ५८.६९ अंक, जलविद्युत समूह १६.६५ अंक, उत्पादन तथा प्रशोधन १०४.६१, लघुवित्त १९.५९ घटेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij