२०८२ भाद्र १ गते आइतवार
नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यबाहक प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
उनले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा २४ जना थप गरेका हुन् । फिफा विश्वकप तथा एसियाकप छनोटलाई मध्यनजर गर्दै चाँडै नै बन्द प्रशिक्षण सुरु गरिने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
महर्जनले लामो समयदेखि राष्ट्रिय टोलीमा नपरेका कप्तान विराज महर्जन, आदित्य चौधरी, विमल घर्तीमगर, सन्तोष तामाङ र दिनेश राजवंशीलाई पनि प्रशिक्षणमा बोलाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij