२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ।
कम्पनीले निष्काशनमा ल्याएको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने भएको छ। बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको छ भने ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर जारी गरेको छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ।
साथै, मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरू विर्तामोड झापा, विराटनगर मोरङ, विरगंज–पर्सा, जनकपुर–धनुषा, नारायणगड( चितवन, पोखरा(कास्की, बुटवल(रुपन्देही, नेपालगञ्ज(बाँके, वीरेन्द्रनगर(सुर्खेत, धनगढी(कैलाली र महेन्द्रनगर(कञ्चनपुरबाट आवेदन दिन सकिने छ।
त्यसैगरी धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij