Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन इन्चार्जहरूलाई एआईजीको ब्रिफिङ, ‘संयमता अपनाउनुस्’

भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन इन्चार्जहरूलाई एआईजीको ब्रिफिङ, ‘संयमता अपनाउनुस्’


  • 2.4K
    Shares

    • images
    भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन इन्चार्जहरूलाई एआईजीको ब्रिफिङ, ‘संयमता अपनाउनुस्’

    काठमाडौं । भोलि (बिहीबार) काठमाडौंमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जहरुलाई निर्देशन दिइएको छ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौं उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन निर्देशन दिएका हुन्। 

    नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो। निर्देशन सम्बोधनमा काठमाडौं प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख सहभागी थिए। 

    यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सहभागी थिए। 

    क्रममा एआईजी तामाङले काठमाडौं उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन्। 

    साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई भनेका छन्। 

    यसअघि चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो। 

    प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जुन घटनालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ। 

    त्यसको दुई महिनापछि काठमाडौंमा एकसाथ राजावादी पार्टी र समूह तथा गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्ने भएका छन्। यसअघि जस्तै प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा तयारी बारे छलफल गरेको हो। 

    जिल्ला प्रशासन कार्यालयमा पनि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ। दुई समूहको कार्यक्रम कहाँ हुने भन्ने अझै निश्चित भइसकेको छैन। 

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - ११:१०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij