२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल सरकारका एक सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर टंगालस्थित कार्यालयमा राखेको छ।
भट्टराईलाई मंगलबार मात्रै गृह मन्त्रालयमा ल्याइएको थियो। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए। उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णु कोइरालालाई पठाइएको छ।
नेपालीलाई विभिन्न श्रम गन्तव्यमा भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेपछि केहीबेरअघि मात्रै अख्तियारको टोलीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो। त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको छ।
अहिले भट्टराईसँग सोधपुछ भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij