२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो।
कम्पनीले १ः१ अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले १ सय अंकित मूल्यमा ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
छ्याङ्दी हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्ने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij