Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसमा आगलागी

विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसमा आगलागी


  • 1.6K
    Shares

    • images
    विद्यार्थी बोकेर आउँदै गरेको स्कुल बसमा आगलागी

    काठमाडौं । रूपन्देहीमा एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ।

    शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो।

    बिहीबार बिहान विद्यार्थी बोकेर आउँदै गरेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन्। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए। 

    ‘विद्यालयकै अगाडि पुगेपछि अचानक धुँवा पुत्ताउँदै थियो। आगो लागिहाल्यो स्थानीयले मिलेर विद्यार्थीको उद्धार गर्दै गर्दा प्रहरी र दमकल समेत पुगेर आगो निभाउन सकियो,’ स्थानीय मनोज भण्डारीले भने।

    आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ। बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १०:३५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij