२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको बताए।
उनले भने,‘ बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रुपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा आउनुभएको छ । नयाँ आईजीपी आउनुभएको छ । यसमा आवश्यक के गर्नुपर्ने हो उहाँले गरिहाल्नुहुन्छ । इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ ।’
उनले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा बुझ्नुपर्ने उल्लेख गरे।
यस्तै, बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले दुई दिन मोबाइल लगेको भन्ने प्रश्नमा मन्त्री पोखरेलले अनभिज्ञता प्रकट गरे। उनले उक्त विषय बाहिर आएको हल्ला मात्र भएको बताउँदै सत्य भए सम्बन्धित निकायले अनुसन्धान गर्ने उल्लेख गरे।
मन्त्री पोखरेलले यस विषयमा सरकारलाई जानकारी नभएको स्पष्ट पारेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij