Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

साताको अन्तिम कारोबारको दिन नेप्से २६.४९ अङ्कले वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो

साताको अन्तिम कारोबारको दिन नेप्से २६.४९ अङ्कले वृद्धि, कारोबार रकम १० अर्ब नाघ्यो


  • 1.8K
    Shares

    साताको अन्तिम कारोबारको दिन  नेप्से  २६.४९ अङ्कले वृद्धि,  कारोबार रकम १० अर्ब नाघ्यो

     काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २६.४९ अङ्कले वृद्धि भएर नेप्से परिसूचक २७२५.२० विन्दुमा पुगेर बन्द भएको छ । 

    बुधवार नेप्से परिसूचक ७.०१ अङ्क बढेको थियो भने आज २६.४९ अङ्कले वृद्धि भएको छ । आज कारोबारमा आएको ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७१३ कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सेन्सेटिभ इण्डेक्स ६.६५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.९३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अङ्कले बढेको छ ।

    बुधवार ७ अर्ब २६ करोड ५१ लाख २२ हजार रुपैयाँ बराबर भएको थियो भने हिजोको कारोबार रकमको तुलनामा आज ३ अर्ब बढीको कारोबार रकममा वृद्धि भएको छ । 

    images
    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १४:५७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij