Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा फेरि अर्का व्यक्तिले पनि दिए उजुरी

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा फेरि अर्का व्यक्तिले पनि दिए उजुरी


  • 2.9K
    Shares

    दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा फेरि अर्का व्यक्तिले पनि दिए उजुरी

    काठमाडौं ।  मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध प्रहरीको साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ। 

    अधिकारकर्मी टिकाराम भुसालले आइतबार साइबर ब्युरोको कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएका हुन्। 

    नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै उजुरी दिएको साइबर ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए। 

    उजुरी आएको हो, हामी बुझ्दैछौं, उनले भने। 

    यसअघि चैत १५ गते ९शुक्रबार० मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले पनि उजुरी दिएका थिए। 

    यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणाा फैलाउने अभिव्यक्ति दिएको भन्दै पन्तले उजुरी दिएका थिए।  प्रसाईं भने शुक्रबारदेखि फरार छन्। 

    images
    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - १७:०३:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij