Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

६ दिनपछि बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार

६ दिनपछि बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको कारोबार


  • 1.7K
    Shares

    • images
    ६ दिनपछि बढ्यो सेयर बजार, ४ अर्ब ४८ करोडको   कारोबार

    काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार सोमबार बढेको छ ।

    बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज ३०.५२ अंक (१.१६ प्रतिशत) बढेको हो । सो वृद्धिपछि नेप्से २६४५ अंकमामा कायम भएको छ । कारोबार सुरु हुँदा केही गिरावट देखिएको बजार ११ : १९ मा २५९३ अंकसम्म झरेको थियो । त्यसपछि बजारले समातेको बढ्दो गति अन्तिमसम्म कायमै रह्यो ।

    चैत ३ यता कारोबार भएका ६ दिन बजार लगातार घटेको थियो । फागुन १९ गतेबाट ओरालोमा देखिएको बजार २८ गते एक दिन बढेको थियो ।

    बजारको परिसूचक बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडको करोडको भयो । २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो ।

    यस दिन सबै सेक्टरका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.७५ प्रतिशत बढ्यो । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढे ।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ तथा रिलायन्स फाइनान्सको ५.२२ प्रतिशत बढ्यो ।

    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १५:१९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij