२०८२ फाल्गुण २१ गते बिहिवार
संयुक्त अरब इमिरेट्स (यूएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारका तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी गराएको हो। अब मार्च ५ मा उनको अन्त्येष्टि गरिनेछ।
३३ वर्षीया शहजादी खान भारतीय प्रान्त उत्तर प्रदेशकी बासिन्दा थिइन्। उनी यूएईमा घरेलु कामदार थिइन्। एउटा बच्चाको हेरचाह गर्थिन्। त्यही बच्चाको मृत्युमा शहजादी खानलाई जिम्मेवार ठहर्याइएको हो। उनी अबुधाबीको जेलमा थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij