Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ


  • 2.3K
    Shares

    भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा जोडिएका एक भारतीय युवक पक्राउ
    images

    काठमाडौं । भारतको ओडिसा राज्यको केआइआइटीमा बीटेक तेस्रो वर्षमा पढिरहेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् ।

    भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् । उनलाई संवादले केटा साथी भनेर चिनाएको छ । हालसालै सार्वजनिक भएको एक अडिओमा प्रकृतिलाई धम्काउने श्रीवास्तवको अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ ।

    प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी पनि दिएको तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

    संवादसँग कुरा गरेको भारतीय प्रहरीले मृतकको परिवारलाई जानकारी दिइएको, शंकास्पद व्यक्ति पक्राउ गरिएको र के कारणले मृत्यु भएको हो भन्नेमा अनुसन्धान भइरहेको बताएको छ ।

    केआइआइटीले भने आत्महत्या भएको भन्दै सार्वजनिक सन्देश राखेको छ । केआइआइटीले नेपाली विद्यार्थीलाई निस्कन पनि उर्दी जारी गरेको भिडिओ सार्वजनिक भएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८१ सोमवार - १६:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij