२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । आम आदमी पार्टीका अध्यक्ष एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरबिन्द केजरीवालले चुनाव हारेपछि दिल्लीमा हलचल मच्चिएको छ । त्यसलगत्तै नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सिल गरेको छ ।
दिल्लीका मुख्यमन्त्रीको सचिवालयमा सञ्चारकर्मी बाहेक कसैलाई जान दिइरहेको छैन । अहिले पनि आप पार्टीको तर्फबाट आतिशी मुख्यमन्त्री छिन् । अर्को मुख्यमन्त्री भाजपाबाट बन्ने निश्चित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यसलाई सिल गरेको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij