Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यू-१९ विश्वकप

यू-१९ विश्वकप : अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित

यू-१९ विश्वकप : अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित


  • 1.5K
    Shares

    यू-१९ विश्वकप : अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालको सहज जित

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियाले सहजै पराजित गरेको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो। 

    नेपालको जितमा कप्तान पूजा महतोले नटआउट २३ रन बनाइन्। उनले ३२ बलमा ४ चौका प्रहार गरिन्। ओपनर साना प्रभीन १ रन र सावित्री धामी ३ रनमै आउट भइन्। ज्योत्स्निका मरासिनीले ७ बलमा ७ रन बनाउँदा सीमाना केसी ४ रनमा अविजित रहिन्। मलेसियाका लागि तीनवटै विकेट मार्स्याले लिइन्। 

    त्यसअघि जोहर क्रिकेट एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदा अलआउट भएको थियो। 

    मलेसियालाई ४ ओभर खेल्न बाँकी हुँदै अलआउट गर्दा नेपालकी कप्तान पूजा महतोले ४ तथा रचना चौधरीले ३ विकेट लिए। सीमाना केसी र रिया शर्माले समान एक विकेट लिँदा एक विकेट रन आउट गराएको थियो। 

    मलेसियाका लागि नुरिमानले १५ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले ५ रन माथि बनाउन सकेनन्। मलेसियाका तीन ब्याटर शून्य रनमै आउट भए। 

     

    प्रकाशित मिति :माघ ११ २०८१ शुक्रवार - १४:३७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij