Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु

क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु


  • 498
    Shares

    क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु

    काठमाडौं ।  क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।

    रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए ।

    तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा  (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।

    death--1024x500.jpg

    उनले भने,‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्‍याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’ शव नेपाल पुर्‍याउनका सहजीकरणका लागि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेको तामाङको भनाइ छ ।

    बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् ।  घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १९:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij