Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

काठमाडौंमा सभापति कप फुटबल आजदेखि सुरु

काठमाडौंमा सभापति कप फुटबल आजदेखि सुरु


  • 1.3K
    Shares

    काठमाडौंमा सभापति कप फुटबल आजदेखि सुरु

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि काठमाडौंमा सभापति कप फुटबल प्रतियोगिता सुरुहुँदै छ । दिउँसो ३ बजे हुने उद्घाटन खेलमा ए डिभिजन क्लब चर्च ब्वाइज र संकटा क्लब आमने सामने हुने छन् । खेल अघि औपचारिक उद्घाटन समारोह आयोजना हुने छ । प्रतियोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने आयोजकले जनाएका छन् ।

    १७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । नकआउट फुटबल प्रतियोगितामा जित्ने टोली सिधै सेमिफाइनल प्रवेश गर्ने छ । प्रतियोगितका लागि सबै टिम तयार रहेको बताएका छन् । बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा सबै टिमका कोच र कप्तानले लामोसमय देखि रंगशालामा प्रतियोगिता नभएको अवस्थामा सभापति कप आयोजना हुनु खेल र खेलाडीका लागि राम्रो अवसर रहेको बताए ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद २६ लाख प्राप्त गर्दा उप विजेता टिमले १३ लाख पाउने छ । यसैगरी प्रत्येक खेल खेल्ने दुवै टिमलाई म्याच मनीको रुपमा नगद ५०–५० हजार प्रदान गरिने छ भने प्लेयर अफ दी म्याच बन्ने खेलाडीले १५ हजार पाउने छन् । 

    प्रतियोगिताको टिकट मूल्य भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए । सभापति कपको टिकट खल्ती एपबाट खरिद गर्न सकिने छ ।

    प्रकाशित मिति :माघ १० २०८१ बिहिवार - ०८:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij