Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण सम्पन्न

नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण सम्पन्न


  • 2.4K
    Shares

    नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण सम्पन्न

    काठमाडौं । प्रशिक्षणको आयोजना, पाइला क्रिएसनको व्यवस्थापन तथा टेकस्पाएर कलेजको मुख्य प्रायोजनमा नेशनल साईबर ओलम्पियाडको पाँचौं अन्तर विद्यालय सूचना प्रविधि हाजिरी जवाफ प्रतियोगिता २०८१ को फाइनल चरण तथा समापन समारोह रसियन हाउस, कमलपोखरी काठमाडौंमा माघको ७ गते सम्पन्न भएको छ ।

    कुल ३२ टिममा उत्कृष्ट हुँदै फाइनल प्रतियोगितामा ४ वटा स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । फाइनल प्रतियोगिताबाट उत्कृष्ट हुँदै धापासी काठमाडौंको त्रियोग हाई स्कुलले प्रथम स्थान हासिल गर्‍यो । माउन्ट एसईबी स्कुल, सैनिक आवासीय महाविद्यालय, बुढानीलकण्ठ स्कुलले क्रमशः दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरेका छन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका ३२ विद्यालयका माध्यमिक तहका ९६ जना विद्यार्थीहरू प्रत्यक्ष सहभागी भई प्रतिस्पर्धा गरेका थिए । 

    प्रतियोगितामा सूचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ, ग्यम्बलिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरूबीच क्वालिफायिङ, सेमिफाइनल र फाइनल गरी तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो ।

    प्रमुख अतिथि श्री रमेश शर्मा पौड्याल, महानिर्देशक, सूचना प्रविधि विभाग, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, तथा विशेष अतिथिहरू रसियन हाउसका निर्देशक एन्टन मास्लोभ र एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसन तथा स्टार्टअप एण्ड इनोभेसन कमिटी चेम्बर अफ कमर्सका अध्यक्ष श्री पंकज जलानको उपस्थितिमा समापन समारोह रसियन हाउस कमलपोखरी काठमाडौंमा सम्पन्न भएको थियो ।  

    प्रतियोगितामा प्रथम हुने त्रियोग हाई स्कुलले नगद रु २५०००, पच्चिस हजार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गरिएको थियो । दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने स्कुलहरूलाई पनि ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरूले सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य प्रायोजनमा टेकस्पाएर कलेज थियो । रसियन हाउस, आई मार्ट, हिमालयन नेक्टर हनी, महर्षी कलेज, आईएनआई सिनेमा, पि सि पि एस कलेज, मोटर सेवा लगायतले प्रायोजन गरेका थिए । 

    सूचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरिएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा मार्फत सूचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफूलाई अद्यावधिक राख्ने प्रमुख लक्ष्य रहेको यस कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सम्पूर्ण सरोकारवालाहरू लाई सराहना गर्दै निकट भविष्यमा नेशनल साईबर ओलम्पियाडको २ संस्करण आयोजना गर्ने  यसका संस्थापक अध्यक्ष श्री लक्ष्मण पोख्रेलले बताए ।

    त्रियोग हाई स्कुलको विजेता टोलीद्वारा केक काटेर कार्यक्रमको समापन गरिएको थियो ।

    प्रकाशित मिति :माघ ८ २०८१ मंगलवार - १३:४४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij