Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

यू-१९ महिला टी२० विश्वकप

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य


  • 1.4K
    Shares

    नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ ।

    मलेसियाको बांगीमा स्कटल्याण्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभर ५ बलमा ७३ रनमा समेटिएको हो ।

    नेपालकी कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । ४३ बल खेलेकी उनले ३ चौका प्रहार गरिन् । सावित्री धामीले १० रन जोड्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा स्कटल्यान्डकी माइसी मसेराले सर्वाधिक ५ विकेट लिइन् । पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

    प्रकाशित मिति :माघ ७ २०८१ सोमवार - १४:३७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij