२०८२ भाद्र १ गते आइतवार
आइसीसी यू १९ महिला टी–२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा शुरू हुँदै छ । दोस्रो संस्करणको विश्वकपमा नेपालसहित १६ देशले सहभागिता जनाउँदै छन् । नेपाल विश्वकपमा छनोट हुने अन्तिम टोली हो । नेपाली महिला क्रिकेटमा पहिलो पटक विश्वकप खेल्न लागेको हो ।
नेपालले पहिलो खेल आज बङ्गलादेशसँग खेल्नेछ । उक्त खेल मलेसियाको बांगीमा सवा १२ बजेबाट शुरू हुनेछ । नेपालले दोस्रो खेल सोमबार स्कटल्यान्ड र तेस्रो खेल बुधवार अष्ट्रेलियासँग खेल्नेछ ।
विश्वकपमा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, आयोजक मलेसिया, श्रीलङ्का र वेस्ट इन्डिज छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, आयरल्यान्ड, पाकिस्तान र अमेरिका हुँदा समूह ‘सी’ न्यूजिल्यान्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् ।
समूह ‘डी’ मा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड छन् । समूह चरणमा प्रत्येक टोलीले ३ खेल खेल्नेछन् । एक समूहबाट शीर्ष ३ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij