२०८२ माघ ७ गते बुधवार
काठमाडौं । जय ट्रफी एलाइट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
वीरगन्जस्थित नारायणी खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लब २८ रनले च्याम्पियन बनेको हो।
पुलिसले दिएको १०३ रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवन आर्मी क्लबले ७४ रनमै सबै विकेट गुमाएर पराजित भएको छ।
आर्मीका लागि इमरान शेखले २८, विनोद भण्डारी र सोमपाल कामीले ११-११ रन बनाए भने खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
प्रहरी क्बलका सागर ढकालले ६ र ललित राजवंशीले विकेट लिए।
प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गरेका थिए। बागमती र मधेश प्रदेश लिग चरणबाट बाहरिएका थिए। लिग चरणका खेल दुई दिवसीय भएका थिए भने फाइनल खेल तीन दिवसीय भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij