Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा


  • 1.7K
    Shares

    नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा

    काठमाडौं । मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।

    वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि पहिलो दिनको खेल सुरू हुने तय छ । यसअघिका सम्पूर्ण लिग खेल दुईदिवसीय भएपनि फाइनल खेल भने तीन दिवसीय हुनेछ ।

    आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रहेको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्‍यो । पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो ।

    पुलिसले पहिलो खेलमा आर्मीसँग ड्र खेलेपछि मधेश प्रदेश र बागमती प्रदेशलाई हराएको थियो । आर्मीले पहिलो खेलमा पुलिससँग ड्र खेल्दा दोस्रो खेलमा बागमती प्रदेशसँग ड्र खेलेको थियो । तेस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।

    त्यसैगरी ब्याटिङमा पुलिसका लागि अमित श्रेष्ठ र अर्जुन साउदले राम्रो लय देखाउँदा आर्मीका इमरान शेख र बसिर अहमदले राम्रो गरेका छन् । यीबाहेक अन्य खेलाडीहरूले पनि कुनै एक खेलमा राम्रो गरिरहेका छन् ।

    पुस २१ देखि सुरू भएको प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।

    प्रकाशित मिति :माघ १ २०८१ मंगलवार - ०७:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij