Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै

खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै


  • 1.5K
    Shares

    खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै

    काठमाडौं । खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । खो खो खेलको इतिहासमा पहिलो पटक विश्वकप हुन लागेको हो र यस मा पुरुष र महिला दुवैको विश्वकप एकसाथ हुँदैछ ।

    दक्षिण एसियामा धेरै चर्चित रहेको खो खो विश्वकपमा विश्वभरका कूल २३ देशको सहभागिता छ । जसमा २० पुरुष टिम र १९ महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    खो खो विश्वकप अन्तर्गत आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ । खेल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा हुनेछ । खेल नेपाली समय अनुसार राती ८:४५ बजे सुरु हुनेछ । पहिलो दिन उद्घाटन खेल मात्र हुनेछ ।

    भारत र नेपालसँगै समूह ए मा भुटान, ब्राजिल र पेरु छन् । यस्तै समूह बी मा इरान नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना र दक्षिण अफ्रिका छन् । समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड तथा समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया र केन्या छन् ।

    यसैगरी महिलातर्फ भारत, इरान, दक्षिण कोरिया र मलेसिया समूह ए मा, इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या र युगान्डा र नेदरल्याण्ड्स समूह बी मा छन् । दक्षिण एसियाका चार राष्ट्र नेपाल भुटान, श्रीलंका र बंगलादेशसहित जर्मनी समूह सी मा रहँदा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया समूह डी मा छन् ।

    १६ राष्ट्रले महिला र पुरुष दुवैमा प्रतिस्पर्धा गर्दा ब्राजिल, अर्जेन्टिना, घाना, अमेरिकाले पुरुषतर्फ मात्र तथा युगान्डा, न्युजिल्याण्ड र इन्डोनेसियाले महिला तर्फ मात्र प्रतिस्पर्धा गर्नेछन् ।

    महिला र पुरुष दुवैमा सहभागि टोलीलाई चार चार समूहमा विभाजन गरिएको छ । महिलाको समूह ए मा बाहेक सबै समूहमा ५-५ टिम छन् र महिलाको समूह ए मा ४ टिम छन् । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहको शिर्ष दुई टोली क्वाटरफाइनलममा प्रवेश गर्नेछन् ।

    दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

    पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टिमले प्रतिस्पर्धा गर्दैछ । एसियन खो खो च्याम्पियनसिपमा पदक जितिसकेको नेपालले विश्वकपमा पनि कुनै न कुनै पदक जित्ने लक्ष्य राखेको छ ।

    नेपालको कप्तानी पुरुषतर्फ हेमराज पनेरु र महिलातर्फ सरस्वती कठायतले गर्नेछन् ।

    प्रकाशित मिति :पौष २९ २०८१ सोमवार - ११:३५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij