Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जय ट्रफी क्रिकेट

वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग

वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग


  • 2.0K
    Shares

    वाग्मतीलाई हराउँदै पुलिस फाइनलमा, उपाधि भिडन्त आर्मीसँग

    काठमाडौं । दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश प्रतियोगिताबाट बाहिरिए ।

    अहिले भर्खरै सकिएको खेलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो । प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध स्पष्ट जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

    बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको मामूली लक्ष्य दिएको थियो । पुलिसले ५ विकेट क्षतिमा लक्ष्य भेट्यो । पुलिसका अमित श्रेष्ठले लगातार अर्धशतक प्रहार गरे । पहिलो इनिङमा ७९ रनको उत्कृष्ट इनिङ खेलेका श्रेष्ठले दोस्रोमा ४४ बलमा ५६ रन बनाए । कुशल भुर्तेलले दोस्रो इनिङमा विष्फोटक सुरुवात गर्दै १९ बलमा ३२ रन जोडेर आउट भए ।

    बागमतीका सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, सूर्य तामाङ र प्रतिस जिसीले एक(एक विकेट लिए पनि पुलिसलाई दबाबमा राख्न सकेनन् ।

    फाइनल खेल तीन दिवसीय हुनेछ । फाइलन खेल वीरगञ्जमा माघ १ देखि ३ गतेसम्म हुनेछ । मधेश प्रदेशविरुद्ध जित निकाल्दा पुलिस आर्मीसँग ड्रमा रोकिएको थियो । आर्मीले दुई खेल ड्र खेल्दा एक खेलमा जित निकाल्यो ।

    प्रकाशित मिति :पौष २८ २०८१ आइतवार - १५:५५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij