Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित

भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित


  • 1.4K
    Shares

    भुर्तेलको ‘अलराउन्ड शो’ मा मधेशविरुद्ध नेपाल पुलिसको इनिङ जित

    काठमाडौं । जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकाल्यो ।

    पुलिसलाई फराकिलो जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । आक्रामक ब्याटिङ गर्दै ६८ बलमा ६३ रन जोडेका उनले बलिङतर्फ दुवै इनिङमा गरी ७ विकेट लिएका छन् । मधेशको पहिलो इनिङमा दुई विकेट झारेका कुशललले दोस्रो इनिङमा केवल ४।२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।

    दोस्रो इनिङमा मधेशका कुनै पनि ब्याटरले पुलिसको बलिङको प्रतिरोध गर्न सकेनन् । विशाल पटेलले सर्वाधिक २७ रन बनाए । ओपनर मयन यादव २२ रन बनाएर आउट भएपछि मधेशको आशा टुटेको थियो ।

    पुलिसका गुल्शन झाले ३ विकेट र ललित राजवंशीले दुई विकेट लिएपछि मधेशले खेलमा कमब्याक गर्न सकेन ।

    प्रकाशित मिति :पौष २५ २०८१ बिहिवार - १४:४५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij