Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मयन यादवको शतकमा मधेशले बाग्मतीलाई १ सय ६४ रनको लक्ष्य दियो

मयन यादवको शतकमा मधेशले बाग्मतीलाई १ सय ६४ रनको लक्ष्य दियो


  • 1.5K
    Shares

    मयन यादवको शतकमा मधेशले बाग्मतीलाई १ सय ६४ रनको लक्ष्य दियो

    काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेशले बाग्मती प्रदेशलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

    दोस्रो पारीमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको अवस्थामा मधेशले पारी समाप्तिको घोषणा गरेको हो । मधेशका मयन यादवले शतक बनाए । मयन १ सय ८ बलमा १ सय ६ रन बनाएर आउट भए । जय ट्रफी एलिट कपमा यो पहिलो शतक हो । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । बाग्मतीले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

    मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि शुरू भएको प्रतियोगितामा लिग चरणका खेल सिङ्गल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।
     

    प्रकाशित मिति :पौष २२ २०८१ सोमवार - १५:५४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij