२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । वीरगञ्जमा जारी जय ट्रफी एलिट कप प्रतियोगिताको पहिलो खेलमा जितका लागि नेपाल पुलिस क्लबले १७२ रनको लक्ष्य पाएको छ । त्रिभुवन आर्मी क्लबका लागि सोमपाल कामीले नटआउट ८२ रन बनाएपछि पुलिसले कठिन लक्ष्य पाएको हो ।
सोमबार खेलको दोस्रो तथा अन्तिम दिन आर्मी ५३ ओभरमा १७५ रन बनाउँदै अलआउट भयो । उसले पहिलो इनिङमा १२१ रन बनाएको थियो । उता पुलिसले पहिलो इनिङमा १२५ रन बनाएको थियो । अब जितका लागि बाँकी ३७ ओभरमा अब पुलिसले १७२ रन बनाउनुपर्ने लक्ष्य पाएको छ ।
पुलिसका लागि दोस्रो इनिङमा कुशल भुर्तेलले चार विकेट लिए भने गुल्सन झाले तीन विकेट लिए । पहिलो पारीमा सात विकेट लिएका ललित राजवंशीले दोस्रो पारीमा दुई विकेट लिए । यसअघि आर्मीका लागि साहाब आलमले ८ विकेट लिएका थिए । केही समयपछि अब पुलिसले जवाफी ब्याटिङ गर्नेछ ।
उता अर्को खेलमा मधेश प्रदेशले बागमती प्रदेशमाथि ११० रनको अग्रता बनाएको छ । उसका मयन यादव ९४ रन बनाएर खेलिरहेका छन् । मधेशले पहिलो पारीमा १०२ रन बनाएको थियो भने दोस्रो पारीमा ५ विकेट गुमाएर १५८ रन बनाएको छ । बागमतीले पहिलो पारीमा १५० रन बनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij