Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज प्रदेश लिगमा आज ललितपुर र चित्लाङ भिड्दै

आज प्रदेश लिगमा आज ललितपुर र चित्लाङ भिड्दै


  • 981
    Shares

    आज प्रदेश लिगमा आज ललितपुर र चित्लाङ भिड्दै

    मनहरी। बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।

    यसअघि बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गरेका थिए । खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीका तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई समान एक गोलको बराबरीमा पु¥याएका थिए । प्रतियोगिता प्रारम्भ भएको ६४औँ मिनेटमा दोलखाका  शम्भुजन श्रेष्ठले अर्को गोल गर्दै आफ्नो आफ्नो टोलीलाई विजयी बनाए ।   

    उक्त खेलका ‘म्यान अफ द म्याच’ दोलखाका उत्तम खत्री बने । प्रतियोगिताको  फाइनल खेल शनिबार हुनेछ । प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन्भने उपाधि जित्ने टोलीले रु दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

    प्रकाशित मिति :पौष १८ २०८१ बिहिवार - ०८:१६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij