Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक


  • 1.3K
    Shares

    करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक

    काठमाडौं ।  महाराष्ट्र, पुणे (भारत), १४ पुस । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो ।

    दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् । रासस

    प्रकाशित मिति :पौष १४ २०८१ आइतवार - ११:२४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij