Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एनपीएल विजेता जनकपुर जनकपुरधाममा

एनपीएल विजेता जनकपुर जनकपुरधाममा


  • 1.7K
    Shares

    एनपीएल विजेता जनकपुर जनकपुरधाममा

    धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता जनकपुर बोल्ट्स टिम यतिबेला जनकपुरधाममा छ । टोली काठमाडौंबाट बिहीबार साँझ जनकपुरधाम आइपुगेको हो ।

    टोली बिहीबार साँझ ८ः४५ मा जनकपुर विमानस्थलमा आइपुगेको थियो । स्वागत गर्न विमानस्थलमा प्रशंसकहरूको भीड लागेको थियो ।

    टिमलाई शुक्रबार रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । जानकी मन्दिरमा ट्रफी प्रदर्शन गरिने पनि कार्यक्रम रहेको उनले बताए ।

    जनकपुर बोल्ट्सले मधेश प्रदेशका सबै जिल्लामा विजय र्‍याली गर्दैछ । विजयउत्सवको सुरुवात र अन्त्य जनकपुरधामबाटै गरिने छ ।

    टोलीका प्रबन्ध निर्देशक निरज खतिवडाले मधेशका आठवटै जिल्लामा विजयउत्सव मनाइने जानकारी दिए ।

    प्रबन्ध निर्देशक खतिवडाले शुक्रबार पहिलो दिन जनकपुरधामको जानकी मन्दिर, शनिबार दोस्रो दिन महोत्तरीको जलेश्वर, सर्लाही र रौतहटमा र्‍याली निकालिने छ ।

    यस्तै आइतबार तेस्रो दिन बारा र पर्साको वीरगञ्ज र सोमबार चौथो दिन सिरहा र सप्तरीको राजविराजमा ट्रफी प्रदर्शन गरिने जानकारी उनले दिए ।

    गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।

    प्रकाशित मिति :पौष १२ २०८१ शुक्रवार - ०८:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij