Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महिला यू- १९ एसिया कप

महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा


  • 2.3K
    Shares

    महिला यू- १९ एसिया कपः नेपालको यात्रा समाप्त, बंगलादेश फाइनलमा

    काठमाडौं । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ ।

    आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

    तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रविन र सावित्री धामी रनआउट भए । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा ९ रन मात्रै जोड्न सकिन् ।

    नेपाल निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको हो । बंगलादेशको एक मात्र विकेट कुसुम गोदारले लिइन् । यो जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

    प्रकाशित मिति :पौष ५ २०८१ शुक्रवार - १६:३५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij