Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य


  • 1.3K
    Shares

    नेपालले हङकङलाई दियो २६६ रनको लक्ष्य

    काठमाडौं । एक दिवसीय यू–१९ सिरिजको अन्तिम खेलमा नेपालले हङकङलाई २६६ रनको लक्ष्य दिएको छ ।

    मुलपानी क्रिकेट मैदान हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६५ रन बनायो । नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ६० रन बनाए ।

    ९६ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीसहति सन्तोष यादव, कप्तान अभिषेख तिवारीलेले अर्थशतक बनाए । सन्तोष ५३ र अभिषेख ५३ रनमा आउट भए । नरेन भट्टले ३६, सोहइल कुँवरले १३ र राजेश बोहराले रनको योगदान दिए ।

    बलिङमा हङकङका प्रित मांगुकिया, श्यायन पुरी, पार्थ श्रिभास्टव र डेनियल म्यापले दुईरदुई विकेट लिए ।

    लगातार दुई खेलमा जित निकाल्दै नेपालले ३ खेलको एक दिवसीय यू–१९ सिरिज आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा ३ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई २२६ रनले पराजित गरेको थियो ।

    प्रकाशित मिति :पौष ५ २०८१ शुक्रवार - १२:५८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij