Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा


  • 2.3K
    Shares

    जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

    काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।

    सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हराउँदै एनपीएलको पहिलो सिजनमै उपाधि भिडन्तका लागि फाइनलमा पुगेको हो ।

    टस हारेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको हो ।

    सुदूरपश्चिमलाई फाइनलमा पुर्‍याउन नटआउट रहेका विनोद भण्डारीले अर्धशतकी पारी खेले । जारी प्रतियोगितमा उनको यो पहिलो अर्धशतक हो । उनले ४१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रन बनाउँदै सुदूरपश्चिमलाई उपाधिनजिक पुर्‍याउन निर्णायक भूमिका खेले ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - १६:२५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij