Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य


  • 1.9K
    Shares

    सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

    जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए । स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।

    यस खेलको विजेता एनपीएलको फाइनल पुग्ने पहिलो टोली बन्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायर टु खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा आजै चितवन राइनोजलाई हराएर कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरिसकेको छ ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - १५:१९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij