Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश


  • 1.7K
    Shares

    चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश

    काठमाडौं । इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

    कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाएपनि जित निकाउन सकेनन् । उनले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।

    ओपनर विपिन रावल १८, लुक बेनकेन्सटाइन १६, कप्तान कुशल मल्ल २१, सन्तोष कार्की ८, सोहिल तानविर ४, अमर रौटेला ९ र रिजन ढकाल ७ रनमा आउट भए । शरद भेषवाकर १० रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका जिशन मक्सुदले ३, कप्तान सोमपाल कामी र नन्दन यादवले र विपिन शर्माले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनायो ।

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - १२:३७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij