Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

एक करोड १० लाख रुपैयाँ सहितको पहिलो एनपीएल ट्रफीका लागि चार टोली प्रतिस्पर्धारत गदैं 

एक करोड १० लाख रुपैयाँ सहितको पहिलो एनपीएल ट्रफीका लागि चार टोली प्रतिस्पर्धारत गदैं 


  • 1.4K
    Shares

    एक करोड १० लाख रुपैयाँ सहितको पहिलो एनपीएल ट्रफीका लागि चार टोली प्रतिस्पर्धारत गदैं 

    नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण अन्तिमतिर पुगेको छ। लिग चरणबाट चार टोली बाहिरिएका छन् भने ‘प्लेअफ’ मा पुगेका चार टोलीले आज प्रतिस्पर्धा गर्नेछन्। आजको खेलबाट एउटा टोली बाहिरिनेछ। लिग चरणबाट काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स बाहिरिएका हुन्।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दै छन्। जित्ने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न पाउनेछ भने हार्ने टोली बाहिरिनेछ। आज हार्ने टोलीले पनि १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

    कर्णाली समूह चरणका सातमध्ये चार खेल जितेर चौथो स्थानमा रहँदै ‘प्लेअफ’ मा पुगेको हो। काठमाडौं र कर्णालीको समान आठ अंक भए पनि रनरेटमा माथि रहँदै कर्णाली उपाधि प्रतिस्पर्धाका लागि चार टोलीमा अटाएको हो।

    भारतीय चर्चित खेलाडी शिखर धवनलाई भित्र्याएर चर्चामा रहेको कर्णाली ‘प्लेअफ’ का चारै टोलीमध्ये कमजोर देखिएको छ। कर्णालीका ब्याटर चल्न सकेका छैनन्। कर्णालीका लागि सबैभन्दा बढी रन बनाउने ब्याटर धवन भारत फर्किसकेका छन्। उनको १३६ रन १६औं नम्बरमा छ।

    त्यसपछि विलियम बोसिस्टोको १२८ र चाडविक वाल्टनको १२६ रन छ। प्रतियोगितामा १०० भन्दा बढी रन बनाउनेमा गुल्सन झा मात्रै छन्।

    प्रतियोगितामा धेरै विकेट लिने १० बलरमा कर्णालीका एक जना मात्रै छन्, विपिन शर्मा। उनले सात खेलमा नौ विकेट लिएका छन्।

    कर्णालीमा शर्मापछि रहेका विलियम बोसिस्टोले आठ र दीपेश कँडेलले सात विकेट लिएका छन्। अन्तिम क्रममा आएर टोलीलाई आवश्यक रन बटुले पनि कप्तान सोमपाल कामीले ६ विकेट मात्रै लिएका छन्।

    कर्णालीसँग प्रतिस्पर्धामा रहेको चितवन समूह चरणका सातमध्ये चार खेल जितेर रनरेटका आधारमै ‘प्लेअफ’ मा पुगेको हो। चितवनका ब्याटरले भने राम्रो प्रदर्शन गरेका छन्। प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने लुम्बिनीका रोहित पौडेल ९२७९ रन० पछि दोस्रो नम्बरमा चितवनका रवि बोपारा छन्। उनले सात खेलमा दुई अर्धशतकको मद्दतले २३३ रन बनाएका छन्।

    त्यस्तै, कप्तान कुशल मल्ल २०२ रन सहित चौथो स्थानमा छन्। त्यसपछि हसन इशाखिलले १२४ रन बनाएका छन् भने १०० रन बनाउने खेलाडीमा सन्तोष कार्की छन्।

    बलिङमा पनि चितवनका खेलाडी अगाडि देखिन्छन्। सबैभन्दा बढी विकेट लिएका सुदूरपश्चिमका स्कट कुगेलिन ९१५ विकेट० र चितवनका रवि बोपारापछि तेस्रो नम्बरमा चितवनका रिजन ढकाल छन्। उनले १३ विकेट लिएका छन्। ढकालपछि रहेका सोहेल तनवीरले १२ विकेट लिएका छन्। कप्तान मल्लले पनि आठ विकेट लिएका छन्।

    आजै दिउँसो फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदै छ। शुरूआतमा राम्रो प्रदर्शन गरे पनि समूह चरणका आखिरी खेलमा भने जनकपुरले लय समात्न सकेको छैन। सातमध्ये पाँच खेल जितेर दोस्रो स्थानमा रहँदै जनकपुर ‘प्लेअफ’ मा पुगेको हो।

    जनकपुरमा एउटै ब्याटरले नभएर फरक फरक ब्याटरले रन बटुलिरहेका छन्। सबैभन्दा बढी रन बनाउनेको सूचीमा लाहिरु मिलन्था छैटौं नम्बरमा छन्। उनले सात खेलमा एक अर्धशतक सहित १९२ रन बनाएका छन्।

    त्यस्तै, बाह्रौं नम्बरमा रहेका जेम्स निशमले १५३ र अठारौं नम्बरमा कप्तान अनिल साहले १३२ रन बनाएका छन्। १०० भन्दा बढी रन बनाउनेको सूचीमा रहेका आशिफ शेखको ११४ रन छ।

    बलिङमा भने जनकपुरका ललित राजवंशी प्रभावशाली देखिएका छन्। सबैभन्दा बढी विकेट लिनेको सूचीको दोस्रो नम्बरमा रहेका राजवंशीले सात खेलमा १३ विकेट लिएका छन्। त्यस्तै, सातौं नम्बरमा रहेका हर्ष थाकर र किशोर महतोले १०(१० विकेट लिएका छन्। जनकपुरकै मोहम्मद मोहसिन सात विकेट सहित २०औं स्थानमा छन्।

    समूह चरणमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिमले सातमध्ये एक खेल मात्रै हारेको छ। सुदूरपश्चिमको ब्याटिङ र बलिङ लयमा देखिएको छ। चितवनसँगको खेलमा भने ३३ रनले पराजित भएको थियो।

    सबैभन्दा धेरै रन बनाउनेको सूचीमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी पाँचौं नम्बरमा छन्। उनले एक अर्धशतकको मद्दतले १९८ रन बनाएका छन्। आठौं नम्बरमा रहेका सैफ जैबले १७४ र दशौं नम्बरमा रहेका ब्रान्डन म्याकमुलनले १६२ रन जोडेका छन्। १०० भन्दा बढी रन बनाउनेको सूचीमा सुदूरपश्चिमका थप दुई खेलाडी विनोद भण्डारी र इशान पाण्डे छन्। भण्डारीले १३६ र पाण्डेले १२२ रन बनाएका छन्।

    यस्तै, बलिङमा भने सबैभन्दा धेरै विकेट लिने खेलाडीमा सुदूरपश्चिमकै स्कट कुगेलिन छन्। उनले सात खेलमा १५ विकेट लिएका छन्। त्यसपछि नवौं नम्बरमा रहेका सैफ जैबले नौ र सोह्रौं नम्बरमा रहेका हरमित सिंहले आठ विकेट लिएका छन्।

    सुदूरपश्चिमका अन्य बलरले पनि प्रभावशाली प्रदर्शन गरेका छन्। नरेन साउद, ब्रान्डन म्याकमुलन र अविनाश बोहराले ६(६ विकेट लिएका छन्। अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा पाँच विकेट छ।

    सुदूरपश्चिम र जनकपुरबीचको खेलमा विजेता टोली फाइनलमा पुग्नेछ। त्यस्तै, हार्ने टोलीले अर्को मौका पाउनेछ। फाइनल प्रवेशका लागि चितवन र कर्णालीबीचको खेलमा विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

    नेपाल क्रिकेट संघले पुरस्कार राशि पनि सार्वजनिक गरेको छ। उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै, उपविजेता टोलीले ५१ लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
    जततउकस्ररधधध।जष्mबपिजबदबच।अयmरलभधकरज्ञद्धघछज्ञट

    प्रकाशित मिति :पौष ३ २०८१ बुधवार - ०७:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij