Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नेपाल प्रिमियर लिग क्रिकेट

नेपाल प्रिमियर लिगको चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?

नेपाल प्रिमियर लिगको चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?


  • 5.7K
    Shares

    नेपाल प्रिमियर लिगको चारवटै टिमले नगद पुरस्कार पाउने, कसलाई कति ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। 

    पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ। यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ। 

    एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्।

    यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ। 

    467312985_3947523268904436_8665103100652207397_n-e1734429277956.jpg

    प्रकाशित मिति :पौष २ २०८१ मंगलवार - १७:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij