Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं अब चितवनसँग भिड्ने

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं अब चितवनसँग भिड्ने


  • 3.3K
    Shares

    हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं अब चितवनसँग भिड्ने

    काठमाडौं ।  लिगचरणको अन्तिम खेलमा हारका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा गएको छ। रनरेटमा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ। 

    योसँगै अब कर्णालीले प्लेअफमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो। एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स प्लेअफमा पुग्न सफल भएको हो।

    सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुग्यो।
     
    कर्णालीले दिएको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा भेटेको भए काठमान्डु प्लेअफमा पुग्ने थियो। तर १२.२ ओभरमा सुदूरपश्चिमले लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली प्लेअफमा पुगेको हो। 

    योसँगै एनपीएलको प्लेअफ खेल्ने टोलीको टुंगो लागेको छ। कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

    सुदूरपश्चिमका लागि कप्तन दीपेन्द्रसिंह ऐरीले ३८ रनको योगदान दिए। ओपनर सैफ जैब ११ र विनोद भण्डारी ४ रनमा एलबीडब्लु धरापमा परे। 

    प्रकाशित मिति :पौष १ २०८१ सोमवार - १२:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij