Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गोरखा म्याराथनमा एक सय २५ धावक सहभागी, प्रथम हुनेलाई नगद १ लाख ५० हजार

गोरखा म्याराथनमा एक सय २५ धावक सहभागी, प्रथम हुनेलाई नगद १ लाख ५० हजार


  • 1.7K
    Shares

    गोरखा म्याराथनमा एक सय २५ धावक सहभागी, प्रथम हुनेलाई नगद १ लाख ५० हजार

    गोरखा । गोरखाको मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्मको म्याराथनमा एक सय २५ जना धावक सहभागी भएका छन्। जिल्ला खेलकुद विकास समिति गोरखाले आयोजना गर्न लागेको म्याराथनमा देशभरिबाट एक सय २५ जना धावकहरू सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतले जानकारी दिए।  

    जिल्ला खेलकुद विकास समिति गोरखाले शनिवार गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म झन्डै ४२ किलोमिटर शनिवार बिहान सवा ९ बजेबाट म्याराथन सुरु भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ।

    नेपालका म्याराथन खेलाडी  टिका बहादुर बोगटीको प्राविधिक सहयोगमा शनिवार बिहान सवा ९ बजे एक कार्यक्रमका बीच मनकामना मन्दिरको प्राङगढबाट प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष मोहन बहादुर थापा मगरले रिबन काटी सिट्टी फुकेर म्याराथन उद्घाटन गरेका छन्।

    खेलकुद विकास समितिका अध्यक्ष शान्त सिंह बस्नेतका अनुसार मनकामना मन्दिर देखि गोरखकाली मन्दिर सम्म १० स्थानमा हेल्प डेस्क र म्याराथन खेलाडीहरूको लागि मध्यनजर गर्दै ५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ।  

    म्याराथनमा सहभागीहरूलाई थाकेर निर्धारित समयमा दुरी पार गर्न नसक्नेलाई पनि २ वटा बसको व्यवस्था गरिएको छ। म्याराथनमा २० भन्दा बढी राष्ट्रिय स्तरका धावकहरू सहभागी छन्।

    म्याराथनमा सहभागी भई प्रथम, दितिय, तृतीया हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

    प्रकाशित मिति :मंसिर २९ २०८१ शनिवार - १३:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij