Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज दुई खेल हुँदै तीन टीमलाई जित्नै पर्ने दबाव

आज दुई खेल हुँदै तीन टीमलाई जित्नै पर्ने दबाव


  • 2.0K
    Shares

    आज दुई खेल हुँदै तीन टीमलाई जित्नै पर्ने दबाव

    पहिलो खेलमा काठमान्डु र पोखरा भिड्दै

    काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) आज (शनिबार) दुई खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा आज बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज भिड्दै छन् । प्लेअफको सम्भावलाई जीवितै राख्न दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ ।
    अंक तालिकामा काठमाडौं र पोखराको समान चार–चार अंक छ । तर, रन रेटका आधारमा काठमाडौं छैटौँ र पोखरा सातौँ स्थानमा छ । आज दिउँसो १ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्दैछ ।
    तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जीवित राख्न आजको खेल महत्वपूर्ण छ । अंक तालिकाको पहिलो स्थानमा रहेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । प्लेअफको सम्भावना कायम राख्न आज जनकपुर बाहेक बाँकी तीन टिमलाई जित्नै पर्ने दबाब छ ।

    प्रकाशित मिति :मंसिर २९ २०८१ शनिवार - ०७:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij