Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

चितवनविरुद्ध विराटनगरको फराकिलो जित

चितवनविरुद्ध विराटनगरको फराकिलो जित


  • 2.2K
    Shares

    चितवनविरुद्ध विराटनगरको फराकिलो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको शुक्रबारको खेलमा चितवन राइनोजका ब्याटर चल्न नसक्दा विराटनगर किङसले ५१ रनको जित हात पारेको छ ।

    कीर्तिपुर मैदानमा टस हारेर १८२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाएको हो ।

    चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

    चितवनबाट सबैभन्दा बढी रन बनाउने खेलाडी अमर रौटेला हुन् । उनले २९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४२ रन जोडे । उनी लोकश बमको बलमा क्रिस सोलमार्फत क्याच आउट भए ।

    चितवनका कप्तान कुशल मल्लले २ चौका १ छक्काको सहयोगमा २५ बलमा २५ रन जोडे । क्रिसको बलमा उनी प्रतिस जीसीमार्फत् क्याच आउट भए । ओपनर सन्तोष कार्कीले २५ बलमा २८ रन जोडे । उनले ३ चौका र १ छक्का प्रहार गरे ।

    कुशल,अमर र सन्तोषबाहेक अन्य खेलाडीले रन भन्दा बढी बल खर्चिए । आपेनर समेत रहेका हसन इसाखाइलले ६ बलमा रन जोडे ।

    रवि बोपाराले २४ बलमा २० रन, बसिल हमिदले ३ बलमा १ रन बनाए । अविजित रहेका दीपक बोहोराले ६ बल र सोहल तनवीरले २ बलमा १ रन मात्रै जोडे ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - १६:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij