Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एसिया कप खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान

एसिया कप खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान


  • 1.9K
    Shares

    एसिया कप खेल्न नेपाली महिला टोली मलेसिया प्रस्थान

    काठमाडौं । मलेसियामा हुने एसीसी अन्डर–१९ महिला एसिया कपमा नेपाली टोलीले सहभागिता जनाउँदैछ । त्यहाँ जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले बिदाइ गरेको छ ।

    नेपाली टोली आज शुक्रबार मलेसिया प्रस्थान गर्दैछ । नेपाल यू–१९ विश्वकप एसिया छनोट च्याम्पियनको रुपमा प्रतियोगितामा सहभागी हुन लागेको हो ।

    महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गर्ने छिन् । टिमको उपकप्तानको जिम्मेवारी सोनी पाख्रिनले पाएकी छन् ।

    प्रतियोगिता मंसिर ३० देखि पुस ७ गतेसम्म मलेसियामा हुने छ । एसियाका ६ टोलीको सहभागिता रहने प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् । समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।

    नेपालले पुस १ गते पाकिस्तान र २ गते भारतको सामना गर्नेछ । दुवै समूहका शीर्ष २ टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष २ टोलीबीच फाइनल हुने छ ।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - ०९:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij