Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ब्रायन लारा आज नेपाल आउँदै, भब्य स्वागतको तयारी

ब्रायन लारा आज नेपाल आउँदै, भब्य स्वागतको तयारी


  • 2.2K
    Shares

    ब्रायन लारा आज नेपाल आउँदै, भब्य स्वागतको तयारी

    काठमाडौं । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा आज नेपाल आउँदैछन्।

    लारा बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने तालिका रहेको नेपाल क्रिकेट संघले जनाएको छ।
    उनका स्वागतका लागि नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू विमानस्थल पुगी भब्य स्वागत गर्ने तयारी गरेको छ ।

    लाराले त्रिवि मैदानमा गएर नेपाल प्रिमियर लिग (एनपीएल)का केही खेलहरू हेर्दै खेलाडीहरूसँग साक्षात्कार गर्ने तालिका रहेको क्यानले जनाएको छ।

    एनपीएललाई ब्रान्डिङ गर्नका लागि लारालाई क्यानले नेपाल ल्याउन लागेको हो। उनी बढीमा चार दिन नेपालमा बस्नेछन्।

    नेपालले टि२० विश्वकपमा स्थान बनाएपछि लाराले सामाजिक सञ्जालबाट बधाइ दिएका थिए। उनले नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका थिए।

    सर्वकालीन महान क्रिकेटरमा रूपमा परिचित ५५ वर्षीय लारा टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन्।

    लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धशतक सामेल छन्।
    यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन्।
    लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए।

    प्रकाशित मिति :मंसिर २८ २०८१ शुक्रवार - ०८:०४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij