Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनपीएल

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य


  • 1.6K
    Shares

    विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

    काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।

    विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।

    बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए ।

    पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

     

    प्रकाशित मिति :मंसिर २७ २०८१ बिहिवार - ११:०५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij