२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्।
पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेल काठमाडौं गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ। विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।
४ खेल खेलिसकेका पाेखरा र विराटनगरले समान एक/एक खेलमा जित निकालेका छन् । प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित आवश्यक छ। यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ। नेटरनरेटका आधारमा विराटनगर अन्तिममा रहँदा पोखरा सातौँ स्थानमा छ।
यता काठमाडौंले हालसम्म दुई खेल जितेको छ भने पाँच खेल खेलेको जनकपुर चार खेलमा विजयी भएको छ। पहिलो खेल बिहान ९ र दोस्रो खेल १ बजेदेखि सुरु हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij