२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौं गुर्खाजसँग लुम्बिनी लायन्स पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौं गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ । लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाडौं गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए ।
काठमाडौं गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij