२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई १२४ रनको लक्ष्य दिएको छ ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुईरदुई तथा हर्श ठाकरले एक विकेट लिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij