Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल प्रिमियर लिग क्रिकेट

सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित

सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित


  • 2.0K
    Shares

    सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आइतबार भएको तेह्रौँ भिडन्तमा चितवन राइनोजले बाजी मारेको छ ।

    चितवनले बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउन सफल भएको हो । यससँगै सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

    चितवनसँगको हारले सुदूरपश्चिम लगातार चौथो जित निकाल्न पनि चुकेको छ । कीर्तिपुर मैदानमा आइतबार खेलमा फितलो ब्याटिङका सुदूरपश्चिम मध्यम लक्ष्य भेट्टाउन असफल भयो ।

    १६४ रनको लक्ष्य पछ्याउको सुदूरपश्चिमले १३१ रनको अवस्थमा १८ दशमलव २ ओभरमा नै सबै विकेट गुमायो ।

    आजको खेलमा सुदूरपश्चिमका ब्याटरहरुको प्रस्तुति सम्झनलायक रहेन । इशान पाण्डेले टीमका लागि सर्वाधिक ३५ रन जोडे । २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । उनी अमर राटौलाको बलमा दीपक बोहोराबाट क्याच हुँदै आउट भएका हुन् ।

    बलिङतर्फ चितवनका अमर, कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी इटन र रिजन ढकाले समान २र२ विकेट लिए । सोहल तनवीरको नाममा १ विकेट रह्यो ।

    सुदूरपश्चिमका ओपनरसैफ जाइबको विकेट रिजन ढकालले लिएका हुन् । अर्का ओपनर बिनोद भण्डारी कुशल मल्लको बलमा इटनमार्फत् क्याच आउट भए ।

    स्कटल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका ब्रान्डन म्याकमुल्लेन पनि कुशलकै बलमा शिकार बने । दिलप्रीत बजवालाई इटनले एलबीडब्ल्यू आउट गराए । कप्तान दीपेन्द्रसिंह ऐरी इटनकै बलमा बिपिन रावलमार्फत क्याच आउट भए ।

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - १६:५०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij