Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य

सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य


  • 1.5K
    Shares

    सुदूरपश्चिमले जितका लागि पायो १६५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा चितवन राइनोजले सुदुरपश्चिम रोयल्ससामु १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयु क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनायो ।

    चितवनका हसन एइसाखिलले सर्वाधिक ६५ रन जोडे । ५२ बलमा उनले ६ चौका र ३ छक्का प्रहार गरे । रवि बोपाराले आक्रमक ब्याटिङ गरे । उनले १८ बलमा ३६ रन बनाए ।

    कप्तान कुशल मल्लले १३ र बिपिन रावलले १७ रनको योगदान दिए ।

    बलिङमा सुदुरपश्चिमका स्कट कुगेलेइनले २, कप्तान दीपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन र सैफ अली जैबले एकएक विकेट लिए ।

    प्रकाशित मिति :मंसिर २३ २०८१ आइतवार - १४:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij